जसपाकी समानुपातिक सांसद खानले लिइन् पद तथा गोपनीयताको शपथ

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार संसद सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले खानलाई सपथ खुवाएका हुन् ।  समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी खानको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार