सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

शुक्रबार, वैशाख ७, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई विहिबार साँझ नै भौतिक मन्त्रीमा नियुक्त गरेका थिए । उनलाई प्रदेश प्रमुख नजिर मियाँले बिहीवार राति नै शपथ ग्रहण गराएका थिए । नाउपाका सात सांसदमध्ये अध्यक्ष रन्जिता श्रेष्ठ पक्षमा कैलाश चौधरी र टीका थापाले सोडारीलाई समर्थन गरेका हुन् । दुबैलाई मन्त्रीमा नियुक्त गर्ने सहमति भए पनि विहिबार कैलाशले मात्र मन्त्री पदको शपथ लिएका छन् तर टीका थापाले भने मन्त्री बन्न अस्वीकार गरेकी छन् ।  आन्तरिक रुपमा रोजेको मन्त्रालय नपाएको बताइए पनि सामाजिक सञ्जालमा भने टिका थापाले आफूलाई बिना विभागीय मन्त्रीको शपथ खान भनिएको र कुनै मन्त्रालय फुटाएर मन्त्रालय तोकिने भनेपछि आफूले मन्त्रीको शपथ खान अस्वीकार गरको बताएकी छन् ।  मन्त्रीको शपथ लिन प्रदेश प्रमुखको कार्यालय पुगेकी थापा अन्तिम समयमा शपथ नलिएर बाहिरिएकी थिइन् । अर्को तर्फ कैलाश चौधरीले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी नपाए शपथ नलिने अडान लिएपछि राति शपथ गराइएको थियो । मन्त्री नबनेपछि आक्रामक हुदै सांसद थापाले आफू सरकारमा सहभागी नहुने र सरकारलाई समर्थन समेत नगर्ने सामाजिक सञ्जालमा लेखेकी छन् । सत्ताको भागबन्डामा ७ सांसद समेत दुई समूहमा रहेको नाउपा सुदूरपश्चिमका सांसद अब रन्जिता पक्षका दुई सांसद समेत दुई तिर पुगेका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार