माधव नेपालको विद्रोहको प्रयासपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ । झापाबाट काठमाडौँ आउनासाथ एमाले अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् । सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर वैकल्पिक गठबन्धन बनाउने सहमति गरेको विषय मिडियामा चर्चा भएपछि प्रधानमन्त्री प्रचण्ड र ओली छलफलमा बसेकाे बताइएको छ । प्रधानमन्त्री प्रचण्ड र ओलीले छलफल गरिरहेका बेला गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने पनि पुगेका छन् । एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकारमा दाबी गर्ने तयारी समेत गरेपछि अन्तिम समयमा एमालेले दीर्घ सोडारीलाई समर्थन गरेकाे थियाे । साेडारी एमालेसहितकाे समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार