मन्त्रिपरिषद्कोद्धारा तीन सहसचिवलाई सचिवमा बढुवा

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं । सरकारले केही सहसचिवलाई सचिवमा बढुवा गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरु केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र मुरारीप्रसाद खरेललाई सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सचिवमा बढुवा भएका शर्मा राष्ट्रिय तथ्यांक कार्यालयको सचिव, महालेखापरीक्षकको कार्यालयको उपमहालेखापरीक्षकको रुपमा अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा रुपमा खरेल रहने छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार