महालेखापरीक्षकमा नियुक्त रायाले लिए शपथ

बिहीबार, वैशाख ६, २०८१

काठमाडौँ । महालेखापरीक्षकमा नियुक्त तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरू उपस्थित थिए । रायालाई राष्ट्रपति पौडेलले आजै महालेखापरीक्षकमा नियुक्त गरेका हुन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार