लुम्बिनीमा सरकार विस्तार, को को बने मन्त्री ?

बिहीबार, वैशाख ६, २०८१

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महराले सत्ता समीकरणमा भागबण्डा मिलेपछि ११ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ भने दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भूमिश्वर ढकाल, रत्न क्षेत्री र भगवती अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ । मन्त्री पदमा नियुक्तहरुको आज साँझ शपथ गरेपछि मन्त्रालय विभाजन हुने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार