राष्ट्रियसभा सदस्यमा डा.शाक्य र महालेखा परीक्षकमा राय नियुक्त

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्यमा डा.अन्जान शाक्यलाई मनोनित गरेका छन् ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा.शाक्यलाई मनोनित गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।  नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख)मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा एक महिलासहित तीन जना मनोनित गर्ने व्यवस्था छ । त्यस्तै राष्ट्रपति पौडेलले बिहीबार संवैधानिक परिषद्को सिफारिसमा तोयम रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार