डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

बिहीबार, वैशाख ६, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका जानकारी दिएको हो । शाक्यलाई गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार