राप्रपा नेपालको सह-प्रबक्तामा थापा मनोनित

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष  कमल थापाले पार्टीको विधान बमोजिम भक्तबहादुर थापा (काठमाडाैं) लाइ पार्टीको सह–प्रवक्ता पदमा मनोनयन गरेका छन्  । थापाले २७ वर्ष गोरखापत्र संस्थानको विभिन्न प्रकाशनसँग आवद्ध भएर पत्रकारिता गरेका थिए । केही दिन अघि अवकाश भएका थापा गोर्खापत्र संस्थानबाट प्रकाशित 'मुना' को सम्पादक थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार