फिल्म 'ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

बिहीबार, वैशाख ६, २०८१

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । बुधबार उनको जन्मदिनको अवसर पारेर पोष्टर सार्वजनिक गरिएको छ ।  हरिहरका दुई लुक्स सार्वजनिक गरिएको छ, जसले फिल्ममा उनको भूमिकालाई संकेत गर्दछ ।  चन्द्र पन्तको निर्देशनमा बनेको यो फिल्म दशैंको अवसर पारेर आगामी असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।  फिल्ममा हरिहरका साथै नीता ढुंगाना, विपना थापा, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मालगायतले अभिनय गरेका छन् भने साउथ फिल्मका कलाकारहरु ब्रह्मानन्दम, अली, ‘गजनी’ भिलेन प्रदीप रावत र कबीर दुहान सिंहको पनि अभिनय छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार