मुन्नाभाईको तेस्रो सिरिज बन्ने

बुधबार, वैशाख ५, २०८१

काठमाडौँ । बलिवुडका सुपरस्टार संजय दत्तको चर्चित फिल्म मुन्नाभाईको तेस्रो सिरिज बन्ने भएको छ । फिल्मका निर्माता विदु विनोद चोपडाले हालै आफ्नो एक अन्तर्वार्तामा मुन्नाभाई- ३ को स्क्रिप्ट लेखनको काम जारी रहेको जानकारी दिँदै फिल्म बन्ने बताएका छन् । उनले भनेका छन्, 'मुन्नाभाई–३ को लेखन कार्य जारी छ । यो फिल्म शतप्रतिशत बन्ने विश्वास लिएको छु । यो चलचित्र मार्फत हामीले जनतालाई सही सन्देश पनि दिनेछौँ । आज पनि मानिसहरुले त्यो जादुई अंगालो बिर्सन सकेका छैनन् । यसपटक पनि केही नयाँ ल्याउने छौँ ।' हालै फिल्म १२ फेल बनाएर चर्चामा आएका चोपडाले बनाएको मुन्नाभाई एमबिबिएसको पहिलो सिरिज २००३ मा रिलिज भएको थियो । त्यसपछि दोस्रो सिरिज लगे रहो मुन्नाभाई २००६ मा रिलिज भएको थियो । यस फिल्मका दुवै सिरिज बक्सअफिसमा सुपरहिट भएका थिए । मुन्नाभाईका दुवै सिरिजलाई राजकुमार हिरानीले निर्देशन गरेका थिए ।
   

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार