सुदूरपश्चिममा फेरी लफडा, एसका सोडारीलाई एमालेको अस्वीकार !

बुधबार, वैशाख ५, २०८१

धनगढी । मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सत्ता समीकरणमा सहमति भएपनि एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेपछि सुदूरपश्चिमको राजनीति फेरी तरंगित भएकाे छ । एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडी सरिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्त भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरी तरंगित बनेको हो । एमालेले सोडारीविरुद्ध सम्पत्ती सुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ ।  एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरु केन्द्रमा छलफलमा रहेको बुझिएको छ । एमालेले सोडारी बाहेक जो भएपनि आफूहरुलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएका छन् । एमालेको नयाँ अडानपछि आज मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका सोडारी छलफलमा छन् । एकीकृत समाजवादी सुदूपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यसअघि नै गरिसकेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार