इरानमाथि थप प्रतिबन्ध लगाउने तयारीमा अमेरिका र युरोप

बुधबार, वैशाख ५, २०८१

काठमाडौँ । अमेरिका र युरोपेली संघले इरानमाथि नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले आगामी दिनमा यस दिशामा कदम चाल्न सकिने बताएकी छन् । यसैबीच, युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले यस विषयमा काम गरिरहेको बताएका छन् । इरानले गत हप्ता इजरायलमा ३०० ड्रोन र मिसाइल प्रहार गरेको थियो। इजरायलले लगभग सबै ड्रोन र मिसाइलहरू खसालेको दाबी गरेको छ । इजरायलले शनिबार आफ्नो भूमिमा भएको आक्रमणपछि तेहरानको क्षेप्यास्त्र कार्यक्रममा प्रतिबन्ध लगाउन आफ्ना सहयोगीहरूसँग माग गरेको छ । यस कार्यक्रममा संयुक्त राष्ट्र संघको प्रतिबन्धको म्याद अक्टोबरमा सकिएको थियो। तर, तेहरानको क्षेप्यास्त्र कार्यक्रममा अमेरिका, युरोपेली संघ र बेलायतले लगाएको प्रतिबन्ध जारी छ र नयाँ प्रतिबन्ध पनि लगाइएको छ । अप्रिल १ मा, सिरियामा इरानको वाणिज्य दूतावासमा हमला भएको थियो, जसमा इरानको रिभोलुसनरी गार्डका शीर्ष कमाण्डर र उनका सहायकसहित १३ जनाको मृत्यु भएको थियो । इरानले शनिबार इजरायलमा भएको आक्रमणलाई अप्रिल १ मा भएको घटनाको बदलाको रूपमा वर्णन गरेको छ । इजरायलले अप्रिल १ मा भएको आक्रमणको जिम्मेवारी लिएको छैन। यद्यपी इजरायलले उचित समय आएपछि इरानको आक्रमणको जवाफ दिने दाबी गरेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार