मधेस प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा

मंगलबार, वैशाख ४, २०८१

वीरगंज । मधेस प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी बाहिरिएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सोही निर्णयअनुसार यसअघि पार्टीबाट वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिइसकेका छन् ।

प्रदेश सभामा लोसपाका ९ जना सांसद छन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिनको लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । दिउँसो १ बजे बोलाइएको बैठक एक घण्टा ढिला गरी सुरू भएको थियो । तर, जनमत पार्टीको  विरोध पछि बैठक केही समयको लागि स्थगित गरिएको थियो । तर १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुचारु हुन सकेको छैन।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार