दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

मंगलबार, वैशाख ४, २०८१

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद बास्कोटाले फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद भएको बताउदै २-४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्-  'फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो।सधैको अस्थीरता किन र केका लागि?समावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत  एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनावपुर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौ ।'

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार