सेती नदीको खोँचबाट गोताखोरले निकाले युवकको शव

मंगलबार, वैशाख ४, २०८१

पोखरा । यही बैशाख १ गतेबाट हराईरहेका एक युवकको शव सशस्त्र प्रहरी बलको गोताखोरले सेती नदीको खोँचबाट निकालेका छन् । सेती नदीको १५० मिटर गहिराईमा ढुंङ्गामा अड्किएको अवस्थामा युवकको शव सोमबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका- १ करुवा बस्ने २५ बर्षका युवक बैशाख १ गतेदेखि हराएका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०४:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार