कोशी प्रदेश सभाको सचिवमा पराजुली पुन: नियुक्त

मंगलबार, वैशाख ४, २०८१

विराटनगर । कोशी प्रदेश सभाको सचिवमा गोपाल प्रसाद पराजुली पुन: नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख परशुराम खापुङ्गले ९ वैशाखदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेका हुन् । कोशीका सभामुख अम्बरबहादुर विष्टले पोखरेललाई सचिवमा नियुक्त गर्न गरेको सिफारिस अनुसार प्रदेश प्रमुखले नियुक्त गरेका हुन् । पोखरेल यसअघि २०७६ वैशाख १२ गते ४ वर्षका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए । उनलाई बैशाख ९ गतेदेखि लागु हुने गरि नियुक्त गरिएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०४:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार