ग्रिनसिफ्ट अभियानद्धारा खुला फोटोग्राफी प्रतिस्पर्धाका लागि आह्वान

सोमबार, वैशाख ३, २०८१

काठमाडौं । युरोपियन युनियनको सहयोगमा सञ्चालित ग्रिनसिफ्ट परियोजनाले राष्ट्रिय स्तरको खुल्ला फोटोग्राफी प्रतिस्पर्धाका लागि आह्वान गरेका छन् । क्रिएसन नेपालको परियोजना ग्रिनसिफ्ट अभियान अन्तर्गत फोटोग्राफी मार्फत १५ देखि २९ बर्ष समूहका  युवा तथा नवोदित फोटोग्राफरहरूलाई प्लास्टिकजन्य प्रदूषणको यस मुद्दामा फोटोग्राफी पेश गरेर यस अभियानमा योगदान दिन प्रोत्साहित गर्नेछ ।  तीन प्रमुख बिषयवस्तुका आधारमा फोटोग्राफरहरुले फोटो खिच्नुपर्ने छ । पहिलो प्लास्टिक र वातावरणः प्लास्टिकले हाम्रो प्राकृतिक वातावरणलाई कसरी अतिक्रमण गरेको छ भनेर चित्रण गर्ने बलियो दृश्यहरू । दोश्रो, प्लास्टिक र शहरी जीवनः प्लास्टिक फोहोर कसरी शहरी जीवनको अभिन्न अंग बनेको छ भनेर प्रतिनिधित्व गर्ने बलियो दृश्यहरू र तेश्रो, प्लास्टिक र मानवः फोहोर कार्यकर्ताहरू र आम जनताले तिनीहरूको वरपरको प्लास्टिकसँग कसरी अन्तरक्रिया गर्छन भनेर प्रतिनिधित्व गर्ने बलियो दृश्यहरू हुनुपर्नेछ । फोटो पठाउँदा फोटो योग्यता र रचनात्मकताको पनि केही मानक तोकिएको छ, जसमा शक्तिशाली दृश्यहरू हुनु पर्नेछ । तस्बिर पछाडि विचारशील र प्रभावकारी सन्देश बोकेको हुनुपर्नेछ र प्रकृति, वातावरण र हालको प्लास्टिक प्रदूषण संकटको शक्तिशालीे दृश्यहरू भएको हुनुपर्नेछ ।  #Greenshift अभियान, Green Shift Nepal परियोजना अन्तर्गतको पहल, युवा र बालबालिकाहरू बीच चक्रिय अर्थतन्त्रतर्फ न्यायपूर्ण संक्रमणलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यसले उनीहरूमा रचनात्मकता क्षमता व्यक्त गर्न गतिशील प्लेटफर्महरू प्रदान गर्दछ । यस अभियान मार्फत विभिन्न नाराहरू, कला, फोटोग्राफी, र पोस्टरहरू जस्ता माध्यमहरू युवा दिमागहरूलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न सशक्त बनाउँछ र साथसाथै वातावरणीय स्थिरता, प्लास्टिक प्रदूषण, र चक्रिय अर्थतन्त्रका सिद्धान्तहरूको बारेमा बुझाइलाई गहिरो बनाउँछन ।

यसको मुख्य मिशन विश्वव्यापी रूपमा र नेपालका विभिन्न क्षेत्रहरूमा प्लास्टिक प्रदूषणको अत्यावश्यक मुद्दाको बारेमा चेतना अभिवृद्धि गर्नु हो । इकोसिस्टम, वन्यजन्तु, प्राकृतिक स्रोत र सम्पूर्ण ग्रहमा प्लास्टिक प्रदूषणको गहिरो प्रभावलाई हाइलाइट गरेर, अभियानले कार्य गरी परिवर्तनका लागि प्रेरित गर्ने लक्ष्य लिएको छ । 

#Greenshift अभियानको प्राथमिक लक्ष्य चक्रिय अर्थतन्त्रको (Circular Economy) अवधारणा बारे युवाहरूमा जनचेतना जगाउनु हो । प्लास्टिक प्रदूषणको विश्वव्यापी संकट बढ्दै गएपछि, युवा पुस्ताका लागि यो मुद्दाको गम्भीरता र यसको दूरगामी प्रभावहरू बुझ्न अत्यन्तै जरुरी छ । 

#Greenshift अभियानले विशेष गरी युवा र बालबालिकाहरूलाई लक्षित रहेको छ । यसको फोकस तिनीहरूलाई शिक्षित, संलग्न र सशक्त बनाउनु रहेको छ । उनीहरूलाई हालको प्लास्टिक संकट र यसलाई सम्बोधन गर्न हाम्रो सामूहिक जिम्मेवारीबोध सहित उनीहरूमा रहेको रचनात्मकता र विचारहरू व्यक्त गर्न प्लेटफर्म प्रदान गर्नु हो ।

यो अभियानले कला र रचनात्मकताको शक्ति मार्फत प्रेरित गर्दै कार्य गर्न खोजेको छ ।  कलावाद, कला र सक्रियताको गतिशील मिश्रण हो, रणनीतिक सामाजिक परिवर्तनलाई ड्राइभ गर्न कलाको भावनात्मक चरित्र प्रयोग गर्दछ । #Greenshift अभियानले युवा सोचका लागि सम्भावनाहरू अन्वेषण गर्न र प्लास्टिक प्रदूषणको दबाबपूर्ण मुद्दालाई तिनीहरूको अद्वितीय दृष्टिकोण मार्फत चित्रण गर्नका लागि विभिन्न रचनात्मक प्लेटफर्महरू प्रदान गर्ने प्रयास गरेको छ ।

फोटोग्राफी प्रतिस्पर्धामा सहभागि हुने उत्कृष्ट २ फोटो विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । प्रथम पुरस्कार नेपाली रु. ५,०००,  दोस्रो पुरस्कार रु. २,५०० र तेश्रो पुरस्कार सान्त्वना (केवल प्रमाणपत्र) प्रदान गरिनेछ । साथै, सर्टलिस्ट गरिएका तस्विरहरूको छनोट  क्रिएसनको सामाजिक सञ्जाल प्लेटफर्म र वेबसाइटमा राखिनेछ । 

फोटो कहिले सम्म र कसरी पठाउने ? 

फोटोग्राफरले मितिः २९८१ बैशख २५ गते भित्र पेश गरी सक्नु पर्नेछ । त्यसपछि पेश गरिएको फोटोहरुलाई प्रतिस्पर्धामा समावेश गरिने छैन । निर्णायक मण्डलले छानेका विजेताहरुलार्ई क्रिएसन नेपालको सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत सार्वजनिक रूपमा घोषणा गरिनेछ ।

फोटोग्राफी प्रतिस्पर्धाका बारे अन्य थप जानकारी वा कुनै प्रश्नहरूको लागि सम्पर्कका लागि greenshift@creasion.org or +977 – 9802343995

ग्रिनसिफ्ट परियोजना के हो ? 

युरोपियन युनियनका सहयोगमा संचालित यस परियोजनाका प्रमुख नेतृत्वकर्ता तथा कार्यान्वयनकर्ताको रुपमा क्रीएसन नेपाल रहेको छ भने यसका अन्य कन्सोर्टियम साझेदारहरूका रुपमा रेस्टलेस डेभलपमेन्ट, र युथ इनोभेसन ल्याब रहेका छन ।

ग्रीनसिफ्ट परियोजना वाग्मती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येकका ३–३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार बर्ष सम्म संचालन हुनेछ  । यस परियोजनाको प्रमुख उदेश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवद्र्धन गर्नु रहेको छ ।

साथै, यस परियोजना अन्तर्गत प्लास्टिक जन्य फोहोर मैला व्यवस्थापनका लागि स्थानीय तहसँग सहकार्य गरी नीतिगत र व्यवस्थापनको क्षेत्रमा काम गर्ने नीति लिएको  छ । त्यस्तै, ग्रीनसिफ्ट परियोजनामार्फत नेट–जिरो कार्बन नेपालका लागि प्लास्टिकको सर्कुलरिटीमा कसरी काम गर्ने लक्ष्य राखेका छन ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार