एमाले चन्द्रपुरको अध्यक्षमा आचार्य

सोमबार, वैशाख ३, २०८१

चन्द्रपुर । नेकपा एमाले चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी भएका छन् । नेकपा एमाले चन्द्रपुर नगर कमिटिको पदाधिकारी चयनका लागि आईतबार निर्वाचन भएको थियो ।  अध्यक्षका उम्मेदवार शिव आचार्यले १३९ मत प्रप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार राम बहादुर घलानले ३४ मत प्राप्त गरेका थिए ।  त्यस्तै उपाध्यक्ष पदमा लाल बहादुर दोङ निर्वाचित भएका छन् दोङले १५१ मत प्राप्त गर्दा अर्का उपाध्यक्षका उम्मेदवार रवि रानाले ३० मत प्राप्त गरेका थिए । त्यस्तै उप सचिव पदमा जयनारायण साहले १४७ मत ल्याउदै विजयी भएका छन् । अर्का उप सचिवका उम्मेदवार डोलबहादुर ठाडा मगरले ३४ मत प्राप्त गरेका थिए । त्यस्तै सचिव पदमा राम शिहासन यादव निर्बिरोध निर्वाचित भएका थिए । उप सचिव पदमा समेत सरिता पाण्डे निर्बिरोध निर्वाचित भएकी थिइन् ।  नेतृत्व चयनका लागि सर्बसम्मत प्रयास भएको भएपनि त्यसो हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन भएको निर्वाचन कमिटिका सदस्य रमेश तिमलसिनाले जानकारी दिएका    छन् ।नेकपा एमाले चन्द्रपुरको पदाधिकारी चयनमा सर्बसम्मत हुन नसक्नुले नेकपा एमाले चन्द्रपुरमा स्पस्ट दुई धार देखा परेको छ । अध्यक्षमा निर्वाचित आचार्य यस पटक निर्वाचित भएसंगै तेस्रो कार्यकतालका लागि अध्यक्ष भएका हुन । उनी नेकपा एमाले रौतहटको सचिव पदमा पराजित भएपनि पुन नगर अध्यक्ष भएका हुन । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार