एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आगामी शनिबार गोदावरीमा

सोमबार, वैशाख ३, २०८१

काठमाडौं । एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा हुने भएको छ ।  एमालेको आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उक्त बैठकको एजेण्डाबारे छलफल गरेको गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।  उनका अनुसार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्मा ६ वटा प्रतिवेदन पेस गर्ने तयारी छ ।   उनले भने, ‘हामी राष्ट्रिय महाधिवेशन प्रतिनिधिको पहिलो बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही वैशाख ८ गते बिहान ११ बजे सुरु हुनेछ । त्यो बैठकमा महाधिवेशनका प्रतिनधिहरु २१ सय ५३ जना सहभागी हुनुहुनेछ । त्यस्तै पार्टीका विभिन्न आयोगका प्रतिनिधि पनि सहभागी हुनेछन् ।’


उक्त बैठकमा विभिन्न ६ प्रतिवेदन प्रस्तुत हु्ने उल्लेख गर्दै महासचिव ज्ञवालीले राजनीतिक, संगठनात्मक र केन्द्रीय निकाय (लेखा, अनुशासन, निर्वाचन) आयोगको अलग अलग प्रतिवेदन प्रस्तुत हुने बताए । 
सञ्चारकर्मीसँग कुरा गर्दै अर्को प्रसंगमा ज्ञवालीले कांग्रेसले उपप्रधान एवं गृहमन्त्रीको राजीनामा माग्नु हाँस्यास्पद रहेको टिप्पणी गरे ।  उनले भने, ‘कांग्रेसका साथीहरूले बेलाबेला हँसाउनु हुन्छ । आफूले प्रधानमन्त्री अफर गरिरहँदा त्यो व्यक्ति योग्य हुने । तर, आफूले भनेजस्तो नभन्दा एकोहोरो खेदिरहने ? स्पष्टीकरण त दिन पाउनुपर्छ नि अर्घेल्याइँ किन गरेको ?
कोशी प्रदेश सरकारको सन्दर्भमा ज्ञवालीले मुख्यमन्त्रीले बहुमत गुमाइसकेकाले नयाँ सरकार बनाउने बाटो खोलिदिनुपर्ने तर्क गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार