सेभेन सिज इन्टरटेनमेन्टको ‘प्रोजेक्ट सारङ्गी’

आइतबार, वैशाख २, २०८१

काठमाडौं । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले अब फिल्म निर्माणमा अगाडि आउने भएको छ । सेभेन सिज सिनेमाज् को प्रस्तुतिमा बन्न लागेको फिल्मको नाम ‘प्रोजेक्ट सारङ्गी’ राखिएको छ । सेभेन सिज इन्टरटेनमेन्ट टिमले अब भने पूर्ण लगानी गर्दै दर्शकमाझ नयाँ फिल्म लिएर आउने तयारीमा छन् । निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा मौलिक कथा र कलात्मक प्रस्तुति रहने र सम्पूर्ण जानकारी वैशाख ७ गते गराउने तयारी गरिएको बुझ्न सकिन्छ । विदेशमा नेपाली फिल्मको वितरण गर्दै आएको कम्पनी सेभेन सिजले यस अघि फिल्म ‘अगस्त्य’मा पनि लगानी गरेको थियो । विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दै छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद, प्रशान्त सिवाकोटीको संगीत रहनेछ । फिल्मलाई आउँदो वर्ष मात्र रिलिज गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार