काँग्रेस आक्रोश र पीडामा छ : ओली

आइतबार, वैशाख २, २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडामा रहेको टिप्पणी गरेका छन् । आइतवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्यको विषयमा काँग्रेसले आक्रोश र पीडाले मनलाग्दी ‘जे पायो त्यही’ बोलिरहेको टिप्पणी गरेका हुन् । ओलीले प्रतिनिधिसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताए । उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको बताए ।  ओलीले काँग्रेसले ढिपी र जिद्दी गरिरहेको बताउँदै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने बताए ।  

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार