काठमाडौँको कोटेश्वरमा स्कुटर दुर्घटनामा एकको मृत्यु

आइतबार, वैशाख २, २०८१

काठमाडौँ । काठमाडौँमा हिजाे भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो । दुर्घटनामा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार