बाइडेनले भने, 'इरानले इजरायल माथी चाँडै आक्रमण गर्न सक्छ'

शनिबार, वैशाख १, २०८१

वासिंगटन डिसी । इरानले इजरायल माथी हमला गर्न सक्ने अमेरिकाले जनाएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन । तर, उनले इरानले इजरायल माथी आक्रमण गरे रक्षाका लागि उभिने जनाएको छ ।   यस महिनाको सुरुमा शीर्ष कमाण्डरहरूलाई मार्ने इजरायली हवाई हमलाको इरानले बदला लिने जनाइरहेको बेला राष्ट्रपति वाइडेनले हमला हुन सक्ने जनाएका हुन् । इरान हमलाको डर बढदैँ जाँदा ‘छिट्टै भन्दा छिटो’ इजरायलमा आक्रमण गर्नेसक्ने उनले जनाएका हुन । इजरायलले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा हमला गरेको इरानको आरोप छ । तर, इजरायलले त्यसलाइ स्वीकार गरेको छैन तर यसको पछाडि इजरायलको हात रहेको इरानको भनाइर् छ । अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई इजरायलमा ठूलो आक्रमण तुरुन्तै हुनसक्ने बताएका छन् भने इजरायलले आफू आफ्नो रक्षा गर्न तयार रहेको बताएको छ 
 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार