सामान्य प्रशासन मन्त्रालयको सचिवमा मुकुन्द प्रसाद निरौला

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी मुकुन्द प्रसाद निरौलाले पाएका छन् । शुक्रबारको मन्त्रिपरिषदको बैठकले निरौलालाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो । हाल विनोद प्रकाश सिंह सामान्य प्रशासन मन्त्रालयका सचिव थिए । उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हो । यसअघि निरौला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए भने निरौलाले प्रमुख सचिव भएर बागमती प्रदेशको जिम्मेवारी समेत समालिसकेका थिए । त्यसअघि निरौला गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखामा सह सचिव थिए । निरौलालाई सामान्य प्रशासनमा ल्यएपछि सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । सिंहले यसअघि गृह मन्त्रालयमा समेत सचिवको जिम्मेवारी सम्हालेका थिए । आइतबार निरौलाले सामान्य प्रशासन मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन् । यस्तै सरकारले लुम्बिनी प्रदेशका प्रमुख सचिव लक्ष्मी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ । यसै गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार