विकासको कामलाई कुनै पनि बहानामा अवरोध गर्नुहुँदैन : योगेश भट्टराई

बिहीबार, चैत २९, २०८०

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले विकासको कामलाई कुनै बहानामा अवरोध गर्नु नहुने बताएका छन । नेकपा एमाले ताप्लेजुङको पार्टी कार्यालय भवन उद्घाटन कार्यक्रमलाई बिहीबार सम्बोधन सचिव भट्टराईले सभ्यता र संस्कृतिलाई जोगाउँदै विकासका काम अघि बढाउनु पर्ने बताएका हुन । नेकपा एमाले हिजोदेखि नै सभ्यता र संस्कृतिको संरक्षणको पक्षमा रहेको उहाँले सम्पदाको संरक्षण गर्दै विकासको काम अघि बढाउनु पर्ने बताए । उनले भने,  ‘विकास निर्माणको काममा कसैले पनि अवरोध गर्नुहुँदैन ।’ कुनै पनि योजनामा समस्या छ भने बसेर छलफल गरी समस्या समाधान गर्नु पर्ने पनि उनको भनाइ छ । कुनै पनि हालतमा काम गर्न दिँदैनौँ भनेर विकास विरोधी कुरा कसैले गर्नु नहुने उनले स्पष्ट पारे । कार्यक्रममा बोल्दै भट्टराईले ताप्लेजुङ जिल्ला विकास निर्माणको हिसाबले निक्कै पछि परेकोले सो क्षेत्रमा धेरै काम गर्न जोड दिएका छन । जिल्लामा निर्माणाधीन धेरै सडकको काम बजेट अभावको कारण रोकिएका उनको भनाइ छ । अहिलेको सरकारमा नेकपा एमाले सहभागी भएकोले छिट्टै बजेट विनियोजन गरी विकासको काम अघि बढाउनु पर्ने भट्टराईले बताउनुभयो । जनप्रतिनिधिको हिसाबले आफू ती काममा निरन्तर लागिरहने उनको प्रतिबद्धता छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार