प्रतिनिधिसभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

बिहीबार, चैत २९, २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए । यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहरुलाई बोल्न भने अवरोध गरिएको थिएन । लगातारको अवरोधपछि सभामुखले संसदको बैठक बैशाख २ गते ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।    

प्रतिपक्षले संसदमा उठाएको माग सरकारले सम्बोधन गर्नुपर्छ : एकीकृत सामाजवादी

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सहकारीमा ठगि भएको विषयमा छानबिन गरेर पिडितलाई न्याय दिन माग गरेका छन् ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले प्रमुख प्रतिपक्षी दलले उठाएको मागलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गर्दै सहकारी पिडितलाई न्याय दिनुपर्ने बताए । उनले २०४७ सालदेखि सार्बजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने विषय अहिले उठिरहेको उल्लेख गर्दै एकीकृत समाजवादी यो प्रस्तावको समर्थन गर्ने र यसलाई अगाडी बढाउनुपर्ने बताए ।

 
     

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार