कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आह्वान

बिहीबार, चैत २९, २०८०

विराटनगर । कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आह्वान  गरेका हुन् । यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । तर प्रदेश प्रमुखले भने नेकपा एमाले र माओवादीका सांसदहरुले संसदको विशेष अधिवेशन बोलाउन गरेको माग अनुसार विशेष अधिवेशन आह्वान गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार