गृहमन्त्रीज्यू हामीमाथि लाठिचार्ज गर्ने होइन, भ्रष्टाचार गर्नेलाई समाऊ : ज्ञानेन्द्र शाही

बुधबार, चैत २८, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता तथा सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफूहरुमाथि लाठी चार्ज गरेको आरोप लगाएका छन् । सांसद शाही भद्रकाली अगाडी सिंहदरबार सडकमा बसेर नाराबाजी गरिरहेका बेला प्रहरीले लाठी चार्ज गरेकाे थियाे । उनले आफूहरुमाथि लाठीचार्ज गर्नु भन्दा भ्रष्टाचार गर्ने नेताहरुलाई पक्राउ गर्न चुनाैती दिए ।  उनले सांसद कोइरी संसदमै रहेको, निर्मलाका दोषी पक्राउ नपरेको, शालिकराम पुडासैनीले न्याय पाउनुपर्ने  बताए । भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेकाे थियाे । त्यसपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको थियो । प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्तिसुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।   

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार