यातायात व्यवस्थाको सुधार गर्न गाडीको मात्र सुधार गरेर पुग्दैन : यातायात मन्त्री

मंगलबार, चैत २७, २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले डिजेल र पेट्रोलको मूल्य दिनानुदिन महंगिरहेको उल्लेख गर्दै बढीभन्दा बढी विद्युतीय गाडीहरू कसरी सञ्चालन गर्न सकिन्छ भनेर सरकारले गृहकार्य थालेको बताएका छन् । 
मंगलबार ललितपुरको पुल्चोकमा विद्युतीय बस तथा चार्जिङ डिपो उद्घाट्न गर्दै मन्त्री महासेठले यातायात व्यवस्थाको सुधार गर्न गाडीको मात्र सुधार गरेर नहुने उल्लेख गर्दै ट्राफिक व्यवस्थापन समेत उत्तिकै जरुरी रहेको बताए । 

Raghubir-Mahaset--1712678707.jpg
उनले भने, ‘अहिले डिजेल र पेट्रोलको मूल्य दिनदिनै बढिरहेको अवस्थामा हामीले यो अवस्थालाई विस्तारै विस्थापित गर्दै बढीभन्दा बढि विद्युतीय गाडी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरकारले गृहकार्य गरिरहेको छ । यातायात व्यवस्था चाँही वास्तवमा गाडी नै सुधार गरेर सुध्रिने देखिदैन । यहाँको ट्राफिक पनि सुधार गर्नुपर्यो ।’
यस पटक प्रधानमन्त्री पुष्पकमल दाहालले आधुनिक ट्राफिक लाइट जडान गर्न निर्देशन दिएको उल्लेख गर्दै उनले भने, ‘यसपटक प्रधानमन्त्रीज्यूले पहिले जस्तै नेपालको यातायात व्यवस्थालाई व्यवस्थित गर्नुहोस् भन्नुभएको छ । अहिले हामीले नेपालमा यही आर्थिक वर्षभित्र उपत्यकासहित, भक्तपुर र ललितपुर लगायतका सडकमा अत्याधुनिक सडकवत्ति जोड्ने प्लान गर्दैछु ।’
बजेटका कारणले सोचेजस्तो नहुने भन्दै उनले सडक व्यवस्थापन र विद्युतीय सवारी व्यवस्थापनका लागि सरकार प्रतिवद्ध रहेको जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार