प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

मंगलबार, चैत २७, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ । यसअघि आज शुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए । बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोर्‍याउँदै आफ्नो माग पूरा नभएसम्म संसद अगाडी बढाउन नदिने बताएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार