सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् । संघीय संसद सचिवालयका अनुसार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सबन्धित सम्झौता’ को प्रावधान माथि सदनमा छलफल गरियोस र अनुमोदन गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उपप्रधानमन्त्री एवमं गृहमन्त्री रवी लामिछानेले ‘राजनीतिक दल सम्बन्धि (दोस्रो संसोधन) बिधेयक माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन । साथै, उदयाेग, बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको ‘बिधुतीय ब्यापार बिधेयक २०८० माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।