मोजाम्बिकको समुद्रमा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु

मंगलबार, चैत २७, २०८०

काठमाडौँ । अफ्रिकी देश मोजाम्बिकको समुद्रमा एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको बताइएको छ ।  बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए, जुन क्षमताभन्दा बढी थियो ।  स्थानीय सञ्चार माध्यम रेडियो मोजाम्बिकका अनुसार नामपुला प्रान्तको मोजाम्बिक टापु नजिकैको समुन्द्रमा डुङ्गा डुबेको हो । नाम्पुला सचिव जेमे नेटोले डुङ्गा मोसुरिल छोडेर मोजाम्बिक टापुमा गइरहेको थियो । यसमा सवार सबै मानिस हैजाको रोगबाट बच्न बसाई सरेका थिए । घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा मानिसहरूलाई उद्धार गरिरहेको र समुद्रको किनारमा धेरै शवहरू देख्न सकिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार