एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी 

उपाध्यक्ष बनिन् मञ्जली शाक्य बज्राचार्य 
सोमबार, चैत २६, २०८०

ललितपुर । नेकपा एमाले ललिलतपुर जिल्ला कमिटिको ९ औं अधिवेशनबाट पुरुषोत्तम आचार्य दोस्रो कार्याकालका लागि विजयी भएका छन् । आज घोषणा गरिएको मत गणनाको अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार आचार्यले २२९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी पूर्व प्रदेश सांसद चेतनाथ सञ्जेलले १५४ मत पाए । अर्का प्रत्यासी दिनेश कार्कीले ८१ मत पाउँदा अध्यक्षकै अर्का प्रत्यासी सुवर्ण श्रेष्ठले ९ मत मात्रै पाए । 
अधिवेशनबाट उपाध्यक्षमा मञ्जली शाक्य बज्राचार्य १७३ मत सहित विजयी भएकी छन् । उनी ललितपुर महानगरपालिकाकी उपमेयर पनि हुन् । उनीसँगै प्रतिस्पर्धामा रहेका महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले ११५ मत पाए । उपाध्यक्ष अन्य प्रतिस्पर्धी अष्टविर ब्याञ्जनकारले ८७, श्याम ब्याञ्जनकारले ९८ मत पाए । 
सचिवमा राम राउत १७९ मत सहित विजयी भएका छन् । यस्तै उपसचिवमा प्रभाकरण थापा १६४ मत ल्याएर विजयी भएका छन् । उपसचिव महिलामा आशा राई १४२ मत सहित विजयी भएकी छन् । 
सदस्यमा खुलामा जगत बहादुर सिंतान, पुरुषोत्तम हुमागाई, विरेन्द्र घिसिङ, राजेन्द्र न्यौपाने, रामहरि घिमिरे, शान्तकुमार तामाङ, समिर मर्दन केसी विजयी भएका छन् । 
सदस्य महानगरतर्फ बाबुराजा महर्जन, विकासमान श्रेष्ठ, विष्णुप्रसद हुमागाई,  रत्नभक्त महर्जन, दिनेशजंग पाण्डे, जीवन महर्जन निर्वाचित भएका छन् । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार