उपनिर्वाचन

इलाममा सुहाङ एमाले र माओवादीको साझा उम्मेदवार 

शनिबार, चैत २४, २०८०

काठमाडौं । इलामको उपनिर्वाचनमा एमाले र माओवादी केन्द्रवीच तालमेल हुने भएको छ । अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालले चुनावी तालमेल गरेर अघि बढ्ने सहमति गरेपछि इलाम क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार नै दुवै दलको साझा उम्मेदवार भएका छन् ।
शीर्ष तहको सहमति अनुसार, एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई सघाउन दुवै पार्टीका इलाम जिल्लास्थित समितिले औपचारिक सहमति पनि गरेका छन् । माओवादी जिल्ला समन्वय समितिका संयोजक बिजय लिम्बु र एमालेका इलाम अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेको अपिलमा शुक्रबार सार्वजनिक गर्दै सुहाङ नेम्बाङलाई सघाउन अपील गरेका छन् । इलाम २ को उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार