मुलुकमा नीतिगत भ्रष्टाचार भइरहेको छ : उपसभामुख 

शुक्रबार, चैत २३, २०८०

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले मुलुकमा नीतिगत भ्रटाचार भइरहेको बताएकी छिन् । 
राजधानीमा शुक्रबार आयोजित ‘नेपालको अर्थतन्त्रको यथार्थ स्थिति र सम्भाव्य कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख मगरले सांसद र मन्त्रीहरुबाटै नै नीतिगत भ्रष्टाचार भइरहेको बताइन् । 
नेताहरुले गाडी मर्मतका नाममा समेत भ्रष्टाचार गर्ने गरेको उनको आरोप छ ।  


उनले भनिन्, ‘बजेटमा भ्रष्टाचार गर्नको लागि अनेकौं जुक्ति लगाइरहेका छन् । नामै तोकेर त म भन्दिन । कति पटक गाडि मर्मतका नाममा भ्रष्टाचार गरिरहेका छन् । पुराना गाडि मर्मतका लागि प्रतिशतका हिसाबले दिएको छ नि त । अहिले मान्छेहरुले कताबाट आय हुन्छ भन्ने मात्र खोजे । यसरी पनि देश चल्छ ?’
भ्रष्टाचार मुक्त देश निर्माणका लागि सबै मिलेर सरकारमाथि भ्रष्टाचार नियन्त्रणका लागि दबाब बढाउनुपर्ने मगरको भनाइ थियो । 
अहिलेको अवस्थामा दैनीक तीन हजार युवाहरु विदेशीरहेको उल्लेख गर्दै उनले युवा पलायन रोक्न व्यवसायीहरुसँग सहकार्य गरि स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन् । 
उनले भनिन्,‘ अहिले दैनिक तीन हजारभन्दा बढी युवाहरु विदेशीदै छन् । उहाँहरुलाई रोक्न व्यापारीहरुसँग सहकार्य गरि स्वदेशमै बस्ने वातावरण मिलाउनुपर्छ ।’

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार