इलामका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी

बुधबार, चैत २१, २०८०

इलाम । निर्वाचन आयोगले इलाम–२ मा हुन लागेको उपनिर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।  यहाँबाट निर्वाचित एमाले नेता सुवास नेम्वाङको निधन भएपछि सरकारले बैशाख १५ गते उपनिर्वाचन गर्ने मिति तोकेको छ । उपनिर्वाचनका लागि आयोगले बुधबार जिल्ला न्यायाधीश घिमिरेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको हो । 
बिहीबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र निर्वाचनलक्षित कार्यक्रम अघि बढाउने तयारी छ । 
कार्यतालिकाअनुसार चैत्र २४ गते उम्मेदवारी मनोनयन हुनेछ । त्यसअघि मतदाता नामावली प्रकाशन हुनेछ । यहाँ उपनिर्वाचनमा भाग लिन २० वटा दल दर्ता भएका छन् । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामाग्रीहरु चैत २३ गते सम्ममा जिल्ला आइपुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार