प्रतिनिधिसभा बस्दै, तीन मन्त्रीले सदनमा जवाफ दिने कार्यसूची 

मंगलबार, चैत २०, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ। बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा तीन मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार आज वन तथा वातावण मन्त्रालय, संकृति, पर्यटन तथा नागकि उड्डयन मन्त्रालय र उर्जा, जलसोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक पश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । यस्तै, बैठकमा सभामुख देवाज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम पनि हेरफेर गर्नेछन् ।  
साथै, उपप्रधानमन्त्री एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विमिस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसचीमा उल्लेख छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘‘विधायन सम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस् ’’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार