राज्य व्यवस्था समितिको बैठक बस्दै, गृहमन्त्री लामिछाने उपस्थित हुने

बुधबार, चैत १४, २०८०

काठमाडौं । संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बुधबार बस्दैछ ।  सिंहदरबारमा बस्ने दुवै समितिका बैठक बिहान ११ बजे सुरु हुनेछन् ।  सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पनि बोलाइएको छ ।  बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको बताइएको छ ।  यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजना लगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार