संसदीय सुनुवाइ समिति गठनको माग गर्दा सरकार भागेर हिँड्यो : सांसद रामहरि खतिवडा

बुधबार, चैत ७, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति गठनका लागि आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला भन्दै आशंका व्यक्त गरेका छन् । 
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने आफूहरूले गरेको मागबाट सरकार भागेका भन्दै जनतालाई ढाँट्न पाईदैन भन्दै आक्रोस पोखे ।  उनले भने, ‘सरकारले न्यूनतम साझा कार्यक्रम हिजो घोषणा गरेको सुनियो । विभिन्न आयोग गठन गर्छु भनेको पनि त्यहाँ उल्लेख गरिएको पनि सुनियो । सहकारी ठगीको एउटा संसदीय सुनुवाइ समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँड्ने सरकारले कस्तो आयोग गठन गर्ला ? त्यो पनि अचम्मको विषय बन्यो । जनतालाई ढाँट्न पाइँदैन ।’
उनले सरकारको इन्जिन र स्केलेटर नै बिग्रिसकेकाले गियर परिवर्तन ले केही गर्न सक्दैन भन्ने महशुस भएको टिप्पणी गरे ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार