महरा पक्राउपछि बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

मंगलबार, चैत ६, २०८०

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् । 
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार सुन तस्करी प्रकरणमा समातिएपछि अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नेताहरूसँग त्यसबारे समेत छलफल गर्न बैठक डाकेका हुन् । 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार