जसपाको केन्द्रीय सम्पर्क समिति पुनर्गठन

सोमबार, चैत ५, २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सम्पर्क समिति पुनर्गठन भएको छ । ललितपुरको बालकुमारीमा आयोजित भेलाबाट रामबहादुर जाग्रीको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा सरस्वती जयसवाल, धनेश्वर साह, कान्छा तामाङ,  मुख्यसचिवमा पूर्ण राई, सचिवमा तारावीर लिम्बु, अजाज मिकरानी, जया यादव र कोषाध्यक्षमा ई. विन्देश्वर राय यादव चयन भएका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, केन्द्रीय सम्पर्क समितिका इन्चार्ज रेखा यादव, सहइन्चार्ज देवराज राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार