सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीचमा पार्टी एकता गर्ने चार बुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) का तर्फबाट प्र्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र याय यादवबीच शनिबार पार्टी एकता गर्ने चार बुँदे सहमति भएको छ । सहमति पत्रमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र समाजवादीबाट पनि महासचिव रमेशप्रसाद यादवले हस्ताक्षर गरेका छन् । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित बनेपछि यादवको समूह माओवादी केन्द्रसँग समाहित भएको हो । सहमतिमा एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय सँगै पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । यी हुन् दुई पार्टीका बीचमा र्भको पार्टी एकता गर्ने चार बुँदे सहमति १. बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष क नारायणकाजी श्रेष्ठ र महासचिव क. देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी हुनुहुन्थ्यो । २ बैठकले दुवै पार्टीका बीचमा पार्टी एकता गर्ने सहमति गरेको छ । ३ एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरिएको छ । ४ पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।