सुन तश्करीको प्रतिवेदन चाँडै कार्यान्वय गर्ने मन्त्रिपरिषद्को निर्णय

शनिबार, चैत ३, २०८०

काठमाडौं । सरकाले सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदनको अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले हिजो चैत्र १ गृह मन्त्रीलाई बुझाएको उक्त प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको लागि प्रक्रियामा लैजाने निर्णय गरेको  हो । मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले  आयोगले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदन चाँडै कार्यान्वयनमा लाने निर्णय भएको बताईन् । उनले भनिन्, ‘सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जुन हामीले जाँचबुझ आयोग गठन गरेको थियौं । त्यसले २०८० चैत्र १ गते उपप्रधान तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवृदनको गम्भिर अध्ययन गरी तत्काल कार्यन्वयनको लागि प्रक्रियामा लैजाने भन्ने बैठकले निर्णय गरेको छ ।’ मन्त्रिपरिषद् बैठकले दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा गर्ने निर्णय गरेको छ। एआइजी श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्य विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सरूवा गरिएकाे छ । त्यहाँ रहेकी सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यविभागमा सरूवा गरिएकाे छ । 

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार