संसदका दुवै बैठक आज, गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत गर्ने तयारी 

शुक्रबार, चैत २, २०८०

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान सवा ११ बजेका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधि सभामा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ ।  यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।  यता, राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार समबन्धी पत्रको व्यहोरा पढेर सदनमा जानकारी गराउँनेछन् । 
अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव आज सभामा प्रस्तुत गर्नेछन् । साथै, दुवै सदनमा आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार