प्रतिनिधि सभाको बैठक बस्दै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा  छलफल सुरु हुने

बिहीबार, चैत १, २०८०

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुने छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शून्य र विषेश समयमा सांसदहरुलाई बोल्न दिइने छ । साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले “संघीय निजामती सेवा विधेयक, २०८०“ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।  यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले “संघीय निजामती सेवा विधेयक, २०८०“ संसदमा प्रस्तुत गर्नेछन् । 
सरकारले  “निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथी विचार गरियोस’’ भन्ने प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका छन् ।    
आजकै बैठकमा आ.व. २०८१÷०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव वाहेक) का विषयमा छलफल शुरु गरिने सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार