कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

मंगलबार, फागुन २२, २०८०

काठमाडौं । अप्रत्यासितरुपमा सत्ता विमुख भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।  कांग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार बैठकमा गठबन्धन भत्किनुका कारणसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार