सत्ता फेरबदललाई ‘पर्ख र हेर’ को अवस्थामा एकीकृत समाजवादी 

सोमबार, फागुन २१, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणबारे ‘पर्ख र हेर’ अवस्थामा रहने निर्णय गरेको छ ।  सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचना प्रष्ट भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो ।  बैठकपछि पार्टी महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै सत्ता समीकरणको उद्देश्य स्पष्ट नहुन्जेल आफ्नो पार्टीले कुनै प्रतिक्रिया नजनाउने जानकारी दिएका छन् ।  प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, माओवादी, रास्वपा, जसपालगायत राजनीतिक दलहरू लिएर नयाँ सत्ता समीकरण  गरेका छन् । कांग्रेससँगको सत्ता गठबन्धन रहँदा एकीकृत समाजवादी पनि सरकारका सहभागी थियो ।  

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २२:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार