नवनियुक्त तीन मन्त्रीले लिए शपथ

सोमबार, फागुन २१, २०८०

काठमाडौं । नयाँ सत्ता समीकरणसँगै नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  सोमबार राष्ट्रपति कार्यालय शितलनिवासमा बिना विभागीय मन्त्रीहरू माओवादी केन्द्रका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका हुन् ।  गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री थिए । माओवादीले कांग्रेससँग गठबन्धन गरेपछि उनीहरु सरकारबाट बाहिरिएका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  २१:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार