आज प्रधानमन्त्रीले सदनलाई जवाफ दिँदै 

बालकुमारी घटना, मिटरब्याजपीडित, दुग्ध किसानका विषयमा समेटिने  
सोमबार, फागुन २१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयका तर्फबाट सचिव गणेशप्रसाद पाण्डेयले संघीय संसद् सचिवालयलाई पत्र पठाएर प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्ने जानकारी दिएका छन् ।  प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 
प्रतिपक्षी दलहरूले बालकुमारी घटना, मिटरब्याजपीडित, दुग्ध किसान लगायतको विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन् । 
सभामुख देवराज घिमिरेले सरकारको नाममा पटक–पटक रुलिङ गरेका छन् । सभामुखको रुलिङपछि प्रधानमन्त्री प्रचण्डले आज सांसदले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार